कोशी प्रदेश समाचार

जग्गादाता चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरुमा आज शोक विदा

इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरुमा आज शोक विदा गरिएको छ । उपमहानगरपालालिका परिसरमा विहान शोकसभा गरेर शोक विदा दिइएको हो ।
चौधरी परिवारले तत्कालित इटहरी गाँउपञ्चायत रहदै करिव तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ ।
शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंशा गर्नुभयो । उहाँले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिग इटहरी अस्पताल परिसरमा भोलीदेखिनै निर्माण सुरु गर्ने वताउनुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानका वारेमा वताउदै जग्गादाताका नाममा स्मृति भवन,सभाहल वनाउने नीतिगत निर्णयनै भएको जानकारी गराउनुभयो ।
वडानम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले स्व चौधरी दानवीर हुनुका साथै सामाजिक,राजनीतिक ब्यक्तित्व समेत रहेको प्रष्ट पार्नुभयो ।
स्व चौधरीको परिवारका तर्फवाट सोनेलाल चौधरी र नगेन्द्र चौधरीले उपमहानगरले शोकसभा गरेर शोकविदा समेत दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
इटहरीउपमहानगरपालिका,इटहरी अस्पताल,राधाकृष्ण मन्दिर,वुध आइत हटिया लगायतका लागि जग्गा प्रदान गर्ने चौधरी परिवारका हेम नारायण चौधरीको अस्ति उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page