डम्बर राई /
कञ्चनरुप (सप्तरी), माघ २१ गते । सप्तरीको रुपनगर देखि उदयपुरको सिवाईसम्म जोडने मदनमार्गको निर्माण कार्य रोकिएको एक बर्ष पुरा भएको छ ।
गत आर्थिक वर्ष २०७७—०७८ को फागुन महिनामा सुरु भई बैशाख महिनासम्म माटो फिलिङ्ग गर्ने र केहि भागमा हलुका ग्रेभुल गरी काम छोडेर हिडेपछि ठेकेदारले मुख देखाउन नआएको भन्दै कञ्चनरुप नगरपालिका वडा १२ का स्थानियहरुले आपत्ती जनाएकाछन् । लागत इस्टिमेट बमोजिम आठ मिटर चौडाईको सडक मिलाउँने र माटोेभर्ने काम पुरा भएको छैन ।
सडक मापदण्डमा परेका घर, गुहाली, टहरा एवं घेराबेरालाई उठाउँने वडाको निर्देशन भएपछि आफुहरुले तुरन्तै सडक बन्ने भयो भनेर बसोवास गर्दै आइरहेको घर भत्काइयो केहि दिन कष्टप्रद व्यहोरियो तर खै सडक ? यस्तो प्रश्न उठाउन थालेका छन् गाउँलेहरु । यत्तिबेला सडकको माटो उडेर घरमा बसी सक्नु छैन, काम गर्ने मान्छे कता हरायो ? पूर्णविराम लागेको यो सडकको निर्माण कार्यलाई सुचारु गराउन वडा कार्यालयको पनि भुमिका रहन्छ तर चासो दिइएन यस्तो जनगुनासो बढदै गएको छ ।
वडा नम्वर १२ को चर्खिया देखि पौडाहा खोलासम्म आठ मिटर चौडाई माटो ग्राभेल र कालो पत्रे छ मिटर चौडाईमा निर्माण गरिने लागत इस्टिमेट अनुसार सिरहाका राजेश्वर साहले पेटी कन्ट्याक्टमा तत्काल कामको शुरुवात गरेको हो । लागत इस्टिमेट बमोजिम माटो र ग्रेभुलको काम पुरा भएको छैन , ठाउँ ठाउँमा मापदण्ड बमोजिम माटोको काम नै बाँकी रहेको छ । सतही जमीन देखि तीन फीट उचाई माटो, एकफीट ग्रेभुल र आठ ईन्च ढुंगाको भाग पुरा गरेर कालो पत्रे हुने प्राविधिकले तत्काल बताउदै आएका थिए ।
नेपाल सरकार सडक डिभिजन कार्यालय लहान सिरहाको चार करोडको यो योजना कलंकी काठमाण्डौका निर्माण व्यवसायिक कश्यप समिर जेभीले दुई करोड, ७० लाख, ९४ हजार पाँच सय १९ रुपैयाँ भ्याट समेत कवोल अंकमा टेण्डर लिइएको डिभिजन कार्यालयले जनाएको छ । मेरो ठेक्का टेण्डर हो भन्दै लहान स्थित साह कन्ट्रक्शन प्रालिका राजेश्वर साहले सडक निर्माणको काममा हात लगाए तर कामलाई नियमितता दिन सकेन । साह अरु ठाउँमा पनि काम चलिरहेको छ भन्दै कामलाई स्थगित गर्ने र १५ दिन चालु गर्ने यस्ता ढंगबाट दुई महिना पछि साइडमा फर्केर आएन । वडा १२ का समाजसेवी मित्र नारायण श्रेष्ठ भन्नुहुन्छ, सडक निर्माणको कार्य भइरहेको समयमा पनि अनुगमनकारी पक्षको आगमन नहुँदा आज स्थानियले यो अवस्था भोग्नवाध्य भएको हो ।
रुपनगर स्थित पूर्व पश्चिम मुख्य लोकमार्गदेखि सिवाईहुँदै गाइघाट र पहाडी जिल्लाका स्थानहरुमा समेत आवत जावतमा सजिलो हुने हुँदा उत्तरीभेग तर्फजाने बैकल्पिक मार्ग उपयुक्त मानेर २०७६ चैत्र १ गतेका दिन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मदनमार्गको उदघाटन गर्नु भएको थियो । उदघाटन पश्चात यो मार्गलाई पिच बनाउन र सडकको स्तरोन्नतीका लागि तत्कालिन राष्ट्रियसभाका सदस्य, राष्ट्रियसभा संसदीय दलका नेता तथा नेकपा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलको महत्वपूर्ण योगदान रहेको छ ।
ठेक्का टेण्डरको कामलाई नेपाल सरकार तथा सम्बन्धित पक्ष समेतले कामको विवरण बुझ्ने वारेमा अनुगमन कार्यलाई कुनै चासो नदिइदा आज धेरै ठाउँमा यस्तै अवस्था भइरहेको छ । सडक मात्र नभई अरु योजनाका निर्माणकार्य पनि समय भित्र हुन नसकि अलपत्र परेकाछन् भने केहि योजनालाई पुनः टेण्डर गराएर काम गरेको रेकर्डहरु छन् ।
वडा नम्वर १२ कै चर्खियामा निर्माणाधिन खानेपानी ओभरहेड टेङ्की १० बर्ष अगाडी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराज सप्तरीले लगाएको टेण्डर आजसम्म निर्माण सम्पन्न भएन । यस्तै कञ्चनरुप ३ स्थित सुब्बाटोलमा पनि बाटो सडकको काम अलपत्रै परेका छन् ।
चार सय २३ मिटर लम्बाईको सडकमा माटो फिलिङ्ग, ग्रेभुल र कालो पत्रेका लागि काठमाण्डौका वजरंगवली कन्ट्रक्शनले १८ लाख ५० हजारमा टेण्डर लिइएको थियो । सांसद सरीता गिरी यादवको संसदीयकोषबाट छुट्टयाइएको ४० लाख बजेट रकमलाई सडक डिभिजन कार्यालय लहान सिरहाले गत बर्ष ठेक्का लगाएको हो ।
समातेर झाको झार्नु पर्छ,जिम्मा लिएर अलपत्र पार्ने छट्टुलाई त्यसै छाडनु हुदैन।