समाचार

आप्रवासी हकहित संजालले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बृजमान तामाङ /
राजविराज, २१ माघ ।
विदेशमा अलपत्र परेका आफान्त सहित पत्रकारमाथी आक्रमण गराउने म्यानपावर कम्पनीका संचालक सहित घटनामा संलग्नहरुलाई कडा कारबाहीको माँग गर्दै आप्रवासी हकहित संजाल मधेस प्रदेशद्वारा ज्ञापनपत्र बुझाएको छ ।
संजालद्वारा मधेश प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई विभिन्न ५ बुंदे माँग सहितको ज्ञापनपत्र पठाएका हुन ।
मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र प्रसाद सिंह नेतृत्वको टोलिले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाएका छ्न ।
संजालको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यथासिघ्र सम्बन्धित कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृहमन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबार काठमाडौलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा टृपल स्टार ईम्प्लोईमेन्ट प्रलिले गुण्डा लगाएर गरे गराएका घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नुपर्ने, घटनामा परेका आप्रवासी परिवार तथा पत्रकारहरुलाई तत्काल स्वास्थ्य उपचारको ब्यबस्था सहित पीडित पक्षलाई तत्काल क्षतिपुर्ति दिनुपर्ने, भिजिट भिसामा विभिन्न मुलुकमा अलपत्र परेका तथा फसेका नेपाली कामदारहरुलाई तत्काल उद्वार गर्नुपर्ने, भिजिट भिसामा नेपाली कामदारहरु ठगी गर्ने दलालहरु गाउँ देखि केन्द्र सम्म सक्रिय रहेको देखिएकोले त्यस्ता मानव वेचविखन तथा गैरकानुनी कार्य गर्ने गराउनेलाई कानुनको दायरामा ल्याई हदैसम्म कारबाही गर्नुपर्ने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको मार्सल टोलिको कार्यलाई संस्थागत गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्न माँग गरिएको छ ।
ज्ञापनपत्रमा माघ १८ गते टृपल स्टार ईम्प्लोईमेन्ट प्रालीले पिडित परिवार र पत्रकारहरुलाई गरेको निर्घात कुटपिट र गाली बेईजती जन्य क्रियाकलाप प्रति भर्त्सना समेत गरिएको छ ।
आप्रवासी हकहित संजालको नेतृत्वको मधेश प्रदेशको ८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको मधेश प्रदेश अध्यक्ष सिंहाले जानकारी गराए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page