समाचार

मधेशमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था कार्यन्वयन गर्न अनेरास्ववियुको ध्यानाकर्षण

सप्तरी , २३ माघ । सार्वजनीक सवारीमा विद्यार्थी परिचयपत्रको आधारमा ४५ प्रतिशत छुट दिने व्यवस्था कार्यन्वयन गराउन अनेरास्ववियु सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई ध्यानाकर्षण गराएको छ ।
विगतमा लामो आन्दोलनपश्चात विद्यार्थी परिचय पत्रको आधारमा ४५ प्रतिशत छुट दिने व्यवस्था गरेपनि मधेश प्रदेशका आट वटै जिल्लामा भने कार्यन्वयन नभएकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ । अब देश संघियतामा आइसकेको झण्डै साढे ४ वर्ष आईसक्दा र प्रदेशको नाम र राजधानी पनि टुङ्गो लागिसकेपछि अब प्रदेशभित्र पनि उक्त व्यवस्थाको कार्यन्वयन हुनुपर्ने अनेरास्ववियु जिल्ला कार्य समिती सप्तरीका अध्यक्ष ललित नारायण रजकद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष रजकले प्रदेशभित्रका सरकारी विद्यालयहरुले अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाउने बहानामा शिक्षा ऐन विपरित चर्को शूल्क लिने कार्य तत्काल रोक्न पनि माग गरेका छन् ।
विद्यार्थीको हकहितका लागि गरिएका जायज मागको सम्बोधन नभएमा अनेरास्ववियु थप आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यता प्रमुख जिल्ला अधिकारी गौतमले ध्यानाकर्षण पत्र बुझ्दै अनेरास्ववियुले उठाएका मागहरु जायज भएको बताउनुभयो । साथै उआँले ती मागहरुको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page