समाचार

आदिबासी जनजाति मधेश प्रदेशको अधिबेशनको तयारी पुरा, प्रमुख अतिथिमा अर्थ मन्त्री साह

बृजमान तामाङ /
विरेन्द्र बजार, २३ माघ ।
नेपाल आदिबासी जनजाति महासंघ मधेश प्रदेश समवन्य परिषदको प्रथम अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ ।
समवन्य परिषदका अध्यक्ष मनोज सिंह दनुवारले आइतबार एक प्रेस विज्ञाप्ति जारी गर्दै अधिबेशनको तयारी बारे जानकारी गराएको हो । अध्यक्ष दनुवारद्वारा जारी विज्ञाप्तिमा मधेश प्रदेशको राजधानी मसला कटेज जनकपुरमा प्रतिनिधित्व मुलक सहभागीतामा अधिबेशन आयोजना गरिने जनाएको छ ।
कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी प्रतिनिधि मुलक सहभागीतामा अधिबेशन गर्ने तयारी गरिएको छ, महासंघद्वारा जारी विज्ञाप्तिमा भनिएको छ, सामाजिक दुरि कायम गरि अधिबेशनको सम्पुर्ण तयारी पूरा भईसकेको छ । अध्यक्ष दनुवारले अधिबेशनमा मुख्यमन्त्री लालबाबू राउतलाई प्रमुख अतिथीको रुपमा आमान्त्रण गरिएपनी समय नदिएको भन्दै आक्रोश पोखे । आदिवासी जनजाति समुदायलाई मुख्यमन्त्रीले पत्याएन, अध्यक्ष दनुवारले भने, उहाले नभ्याउने बताएपछी मधेश प्रदेश सरकारका प्रबक्ता एवम अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह प्रमुख अतिथी हुने निश्चित भएको छ ।
मुख्यमन्त्री राउतले अर्थमन्त्री ज्युलाई प्रमुख अतिथी तोकि पठाएकाले वहाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न गरिने उनले जानकारी दिए ।
अधिबेशनमा मधेश प्रदेश स्तरीय जातीय संघका अध्यक्ष सहित ३ जना, ८ वटा जिल्ला समवन्य परिषदबाट अध्यक्ष सहित ३ जना, सम्बन्धनप्राप्त संगठनबाट २ जना गरि ८० जना प्रतिनिधित्वमुलक सहभागीता रहने अध्यक्ष दनुवारले बताए ।
मधेश प्रदेशमा थारु, तामाङ, मगर, धानुक, दनुवार, नेवार, राई, भुजेल लगायतका १२ भन्दा बढी जातीय संगठन र युवा, महिला, पत्रकार गरि आधा दर्जन सम्बन्धन प्राप्त संगठनहरुका प्रतिनिधिहरुको उपस्तिथि रहेने जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page