समाचार

सप्तरीको विशाल चौकमा मेची माहाकाली उल्टो पैदलयात्री परियारलाई भब्य स्वागत

बृजमान तामाङ /
विरेन्द्र बजार, २४ माघ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ विशाल चौकमा सोमबार मेची माहाकाली उल्टो पैदल यात्रामा रहेका ॠषि परियारलाई भब्य स्वागत गरिएको छ ।
दशदिनको कठोर उल्टो पदयात्रा गरि साँझ विशाल चौक पुगेका ३० वर्षिय परियारलाई स्थानीयबासीहरुले खादा अविर लगाएर स्वागत गरेको हो ।
मेचीमहाकाली उल्टो पदयात्री परियार चौकमा आईपुग्न साथ स्थानीयबासीले अविर खादा लगाई स्वागत गरेका थिए । उनलाई स्थानीयबासिले खाना बस्नको समेत ब्यबस्था गरेको स्थानीय रामी यादवले बताए । उल्टो पदयात्री परियारलाई मंगलबार दोसल्ला ओढाएर सम्मान गरि विदाई गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

स्थानीय बासीहरुले ठाउँ ठाउँमा गरेको माया र सम्मानले आफू थप उत्साहित भएको उल्टो पदयात्री परियारले बताए । उल्टो पदयात्रा गरेर नेपालको नाम विश्वमा चिनाउने तथा स्वास्थ्यका लागि उल्टो हिंड्नुपर्छ भन्ने संदेश दिन उल्टो यात्रा गरेको उनले जानकारी दिए ।
२ महिनामा महाकाली पुग्ने लक्षय राखी हिड्न शुरु गरे, परियारले भने, १० दिनमा सप्तरीको मध्ये भागमा आईपुग्दा अझै माहाकाली पुग्न ५ महिना लाग्ने अनुमान गरेको छु, उनले थपे, दैनिक २० देखि २५ किलोमीटर हिड्ने उदेश्य राखिएपनी सबैले गरेको स्वागत र सम्मान ग्रहण गर्दा दिनमा १० देखि १५ किलो मिटर मात्र यात्रा भएको छ ।

धोतीकुर्ताको पहिरनमा रहेको परियारले देशको विबिधताको चिनारीका लागि सोही अनुसारको भेषभुषा लगाएको बताए । उनले प्रदेश १ को झापा देखि सुन्सरी सम्म दौरासुरुवाल लगाएर यात्रा गरेको तथा मधेस प्रदेशको सप्तरी देखि धोतिकुर्ता लगाएको बताए । मधेश प्रदेशमा धोतिकुर्ता लगाएर यात्रा गर्ने बताउदै उनले प्रदेशको जातीय जनसंख्याको आधारमा उनिहरुको पहिचान झल्कने पहिरन लगाउने जानकारी दिए ।
दाङ्गको तुलसीपुर उपमहानगर पालिका ३ रानागाउँ निवासी परियार स्वास्थ्यको लागि मेचि माहाकाली उल्टो पदयात्रा भन्ने मुल नराका साथ उल्टो हिडेर १ हजार २७ किलो मिटरको यात्रा गर्दैछ्न । उल्टो पदयात्री परियार परिवारको एकलो छोरा हुन । पाँचजना बहिनीहरुको एक मात्र दाजु आफू अविबाहित रहेको उनले बताए ।
व्यापार ब्यवसाय सञ्चालन गरि जिविकापार्जन गर्दै आएको बताउदै उनले तीन बहिनीको विबाह भईसकेको तथा आमाबुबा र २ बहिनी सहित अहिले ५ जनाको परिवार रहेको बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page