राजनीति

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ ४ गतेका लागि निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो ।
यसअघि दुई चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको जेठ ५ गते समयावधि सकिँदै छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page