डम्बर राई /
कञ्चनरुप (सप्तरी) । स्थानिय निर्वाचन हुने मिति छोटिदै गइरहेको समयमा विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नेको लहर चलेको छ ।
विभिन्न मेडियामा प्रकाशित समाचार अनुसार, दिनहुँ छ सयको संख्यामा देशैभरी नेकपा एमालेमा अन्य पार्टीका स्थानिय तहदेखि केन्द्रिय स्तरका जिम्मेवार तथा पद ग्रहण गरेका नेता एवं कार्यकर्ताहरु प्रवेश गर्दै आएका छन् ।
सप्तरीमा मात्रै मंसीर महिना देखि यता सरकारमा रहेका गठबन्धन पार्टीका विभिन्न तह र तप्काका जिम्मेवार व्यक्तित्वहरु दुई हजार भन्दा बढी एमालेमा आएका छन् । जिल्ला सचिव देवनाथ यादवको अनुसार, जिल्लाको १८ वटै कार्यपालिकाबाट एमालेमा प्रवेश गर्नेहरुको उल्लेख्य संख्यामा आएका छन् हाम्रा लिष्टमा परेकाहरु अझै पार्टी प्रवेश गर्न बाँकी नै छन् । पार्टी प्रवेशको लहरले गर्दा केन्द्रिय, क्षेत्रिय र जिल्ला स्तरका नेताहरु दिनहुँ कुनै न कुनै कार्यपालिकामा व्यस्त भएकाछन् यादवले मंगलवार भन्नुभयो, यतिबेला जहाँ पार्टीको भेला वा कार्यक्रम गरिन्छ त्यहाँ दर्जनौं पार्टी प्रवेश हुन्छन् ।
नव प्रवेशीकाहरुलाई नेकपा एमालेको कार्यक्रम, नीति तथा कम्युनिष्ट विचारधारावारे जानकारीसंगै पदभार गराउँने कामपनि हुदैआएको जिल्ला कमिटीले जानकारी दिइएको छ । यसै संदर्भमा कञ्चनरुप ७ का वडासदस्य निर्मला चौधरीको निवासमा मंगलवार नव प्रवेशीहरुलाई प्रशिक्षण गराइएको छ ।
पार्टीका पोलिटव्युरो सदस्य तथा राष्ट्रियसभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले प्रशिक्षण गराउँनुहुदै भन्नुभयो, अब यो देशमा कम्युनिष्ट पार्टीमा एकमात्र एमाले हो, जो सच्चा कम्युनिष्ट आफुलाई मान्दछ त्यो एमाले नै खोजेर आउछन् । वामपन्थी विचारधारामा साना ठुला, गरीव, धनी जातभातको विभेद हुदैन, यसमा सीप, कौशल, ज्ञान विवेक एवं मेहनतको कदर गरिन्छ र यसको विकासका लागि सबैलाई समानरुपमा अवसर प्रदान गरिन्छ नेता प्याकुरेलले बताउँनुभयो ।
राज्यको हरेक क्षेत्र तथा स्थानमा समान मुल्यमान्यता दिइएर आम जनताको मर्म अनुसार काम गर्नै पार्टी नेकपा एमाले भन्दा अर्काे कुनै हुन सक्दैन भन्दै एमाले समृद्घशाली राष्ट्रको भविश्य कोर्ने चिन्तनवादी पार्टी हो नेता प्याकुरेलले बताउँनुभयो । आइतवार कञ्चनरुप नपा ९ स्थित फुलवारी पाटीप्यालेसमा आयोजित क्षेत्रीय भेलामा प्रवेश गरेका वडा ६ र ७ का गरी ३२ जना र यस अगाडी पार्टी प्रवेश गरेकाहरु समेत गरी चारदर्जन सहभागीहरुलाई प्रशिक्षण दिदै उहाँले पार्टी प्रति सक्रिय र दक्ष बन्न भित्री मन देखि नै लाग्न आग्रह गर्नुहुदै अनुभव र क्षेत्रको आधारमा हामी सबै जिम्मेवार हौं भन्नुभयो ।
यस्तै केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला पार्टी सह इन्चार्ज राज कुमार लेखीले चेतनसील प्राणी हामी मानवजातीमा पनि अझै कुदृष्टी रहेको बताउनुभयो । विभिन्न कालखण्डमा विभिन्न हावादारी गफमा लागेर हामीले हाम्रा महत्वपूर्ण समयलाई खेरफाल्यौं र अहिले पनि यो गलत प्रोपोकाण्ड छन् केहि पार्टीहरुको हुइया हो लेखीले स्मरण गराउँनुभयो । जात, धर्म, सस्कृती लगायतको उठान गर्ने त कहिले अधिकारको यस्ता भ्रमित प्रचारवाची गरेर समाजका केहि व्यक्तिहरुलाई गोलमटोल बनाएर चलेको पार्टी र आफ्ना स्वार्थसिद्घ तर्फ उन्मुख बन्ने उद्घेश्यले निर्माण भएका केहि पार्टीहरुको कार्यकर्ता बनेर हिड्नु भनेको आफ्नो समय बरवाद गर्नु हो यसबाट कुनैपनि उपलब्धी हुदैन लेखीको तर्क थियो ।
आफुले जनता समाजवादी पार्टीमा लागेर पाँच बर्ष समय बरवाद गरेको जानकारी दिनुहँुदै उहाँले ती पार्टीमा रहेका अगुवा नेताहरुको बोली वचन र व्यवहारमा भिन्नता पाइएको बताउँनुभयो । मधेशवादी दलका नेताहरु व्यक्तिवादी, जातीवादी र कमाउ धन्धामा मात्र सिमित भएकाले यी पार्टीहरु माथी उठ्न सक्दैनन् । उहाँले यस्ता सा साना क्षेत्रिय स्तरका पार्टीमा लागेर भलो नहुने भन्दै अनाहाकमा दुःख पाइने हुँदा यस्ता पार्टीमा नलाग्न सुझाव दिनुभयो ।
जसपा नेपालकी केन्द्रिय सदस्य रहनुभई पार्टी परित्याग गरेर एमालेमा दुइदिन अघिमात्र प्रवेश गर्नुभएकी कल्पना चौधरीले पूरानो र दिगो घरमा आफु आउन पाएकोले धेरै खुशी लागेको बताउँनु भयो । प्रशिक्षण कार्यक्रमकै अवसरमा वडा ७ का वडा सदस्य बिनोद सरदार पनि एमालेमा प्रवेश गरेकाछन् । उनी जसपाबाट २०७४ सालको स्थानिय चुनावमा दलित कोटाबाट निर्वाचित भएको वडा अध्यक्ष हरीकृष्ण महत्तोले बताउँनुभयो ।
प्रशिक्षण कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला, नगर र वडा कमिटीका जिम्मेवार सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Add Comment