राजनीति

सप्तरीमा एमाले प्रवेशको लहर नरोकिने संकेत, बिष्णुपुर-६ का वडा अध्यक्ष सहित १०० जना एमालेमा प्रवेश

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) ।
चुनावको मिति घोषणा भएसँगै देशभर नेकपा (एमाले) प्रवेशको लहर चलेको छ । हरेक दिन कम्तीमा चार पाँच जिल्लामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको हो ।
यही क्रममा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष बहादुर सदासहित विभिन्न पार्टीका १०० जनाले एमाले प्रवेश गर्नुभएको छ । बिष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुर चौकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य,राष्ट्रिय सभा सदस्य दलका नेता तथा मधेश प्रदेश सह इन्चार्ज सुमनराज प्याकुरेलले माला र अविर लगाएर पार्टी प्रवेश गर्नेलाई एमालेमा स्वागत गर्नुभयो ।

नव प्रबेशीहरुलाई पोलिटब्युरो सदस्य प्याकुरेल, केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य एवम् जिल्ला सह ईन्जार्ज राज कुमार लेखी, प्रदेश कमिटी सदस्यद्वय शोक कुमार यादव, हिरण्य कुमार गुप्ता, जिल्ला कमिटी अध्यक्ष तारा कान्त चौधरी लगायतले माला अबिर लगाएर पार्टी प्रबेश गराउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य प्याकुरेलले स्थानीय निर्वाचन समयमै गर्न दबाब दिन जरुरी रहेको बताउनुभयो । सरकारले वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने भनि मिति तय गरेपनि पार्टीले दबाब सिर्जना गर्नुपर्नेमा प्याकुरेलले जोड दिनुभयो । उहाँले पार्टीका कार्यकर्ताहरुलाई अब स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभयो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो भने दिनेश प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page