समाचार

सप्तरीमा जनस्वास्थ्य मापदण्ड पालना गरी फाल्गुन १ गतेबाट शैक्षिक संस्थाहरु सञ्चालन हुने

कञ्चनरुप(सप्तरी), २८ माघ । सप्तरी प्रशासनले विश्वविद्यालय, विद्यालय, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फाल्गुन १ गतेबाट संचालन गर्न आदेश जारी गरेको छ ।
जारी आदेशमा विद्यालय संचालन गर्दा १२ बर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ बर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा संचालन गर्ने आदेश जारी भएको छ ।
त्यस्तै खेलकुद कार्यक्रम संचालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको पचास प्रतिशत मात्र उपस्थित रहने गरी जनस्वास्थ्यको मापदण्ड तथा सम्बन्धित खेलको अन्तर्राष्ट्रिय प्रोटोकोल परिपालन गरी संचालन गर्न जारी आदेशमा उल्लेख गरिएको छ ।
डान्स बार, दोहोरी, नाच घर, लाउन्ज, पब, क्लब, लगायतका रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिम खाना स्विमिङ पुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी राती १० बजेमा नबढ्ने गरी संचालन गर्न र बैठक, भेला, मेला, विवाह, ब्रतवन्ध महोत्सव जस्ता भिडभाड हुने कार्यक्रम संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न भनिएको छ ।
पार्टी प्यालेसहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै एक पटकमा कुल क्षमताको बढीमा पचास प्रतिशत वा १०० जना नबढ्ने गरी संचालन गर्न भनिएको छ ।
खोप कार्ड हराएका व्यक्तिहरुलाई खोप कार्डको प्रतिलिपी जनस्वास्थ्य कार्यालय सप्तरीले उपलब्ध गराउने समेत जारी आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी आदेश
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरिएण्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०९।३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८।१०।२९ गते राती १२ः०० बजे देखि अर्को सूचना नभएसम्म लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको व्यहोरा अनुरोध छ ।
तपशिलः
१. डान्स बार, दोहोरी, नाच घर, लाउन्ज, पब, क्लब, लगायतका रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिम खाना स्विमिङ पुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फाल्गुन १ गतेबाट राती १० बजेमा नबढ्ने गरी संचालन गर्ने । साथै बैठक, भेला, मेला, विवाह, ब्रतवन्ध महोत्सव जस्ता भिडभाड हुने कार्यक्रम संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी गर्ने ।
२. विश्वविद्यालय, विद्यालय, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुन १ गतेबाट संचालन गर्ने । विद्यालय संचालन गर्दा १२ बर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ बर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा संचालन गर्ने ।
३. पार्टी प्यालेसहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै एक पटकमा कुल क्षमताको बढीमा पचास प्रतिशत वा १०० जना नबढ्ने गरी संचालन गर्ने ।
४. खेलकुद कार्यक्रम संचालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको पचास प्रतिशत मात्र उपस्थित रहने गरी जनस्वास्थ्यको मापदण्ड तथा सम्बन्धित खेलको अन्तर्राष्ट्रिय प्रोटोकोल परिपालन गरी संचालन गर्ने
५. खोप कार्ड हराएका व्यक्तिहरुलाई खोप कार्डको प्रतिलिपी जनस्वास्थ्य कार्यालय सप्तरीले उपलब्ध गराउने छ
६. मिति २०७८।१०।०६ गते र २०७८।१०।१७ गते जारी गरिएका आदेशहरु खारेज गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page