बृजमान तामाङ /
राजविराज, २८ माघ । जसपा नेता एवम पुर्व जिल्ला पन्चायत उपसभापति स्वर्गीय भुपेन्द्र प्रसाद चौधरीको १३ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
जनता समाजवादी पार्टी अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा वडा नम्बर ५ बकधुवा स्थित स्वर्गीय चौधरीको निवासमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
जनता समाजवादी पार्टी अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष सत्य नारायण चौधरीको अध्यक्षता तथा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मन्त्री साहले स्वर्गीय चौधरी कुसल संगठक,निडर स्वाभावका ब्याक्ती र पथ पर्दशक भएको बताए । उनले स्वर्गीय चौधरीबाट प्रेणा लिदै उत्पीडित बर्ग, समुदायको हक आधिकार र जनताको मुक्तिको लागि उनले देखेको सपना साकर पार्न आग्रह गरे ।
स्वर्गीय चौधरी राजनीति क्षेत्र सक्रिय भई देश र जनताको लागि पुर्याएको योगदानको चर्चा गर्दै मन्त्री साहले मधेश सरकारले चौधरीको स्मरणमा २५ लाखको सामुदायिक भवन निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादवले स्वर्गीय चौधरीको निधनले कुसल नेताको अभाव पार्टीलाई भएको बताए । निरङ्कुश राजतन्त्र विरुद्ध अग्रपंक्तिमा रहेर निर्भिकता साथ लडिरहे कुसल राजनीतिककर्मी भएको स्मरण गर्दै साँसद डा. यादवले स्वर्गीय चौधरी हक्की स्वाभावको ब्याक्ती गुमाउदा देश र समाजका लागि अपुरणिय क्षति हुन पुगेको बताए ।
जनता समाजवादी पार्टी मधेश प्रदेशका मुख्य सचिब दिनेश कुमार यादवले स्वर्गीय चौधरी पार्टीको प्रेणाको श्रोत रहेको बताए । उनले देशको शासन ब्यपस्था परिवर्तन गर्न चौधरीले खेलेको भुमिका अबिस्वास्निय चर्चा गरे । जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवले स्वार्गिय चौधरीको निधनले पार्टीले कुशल नेता गुमाउनु परेको भन्दै दुख व्यक्त गरे ।
कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरी,जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य गुणानन्द चौधरी, जिल्ला उपसचिव रामचन्द्र साह, कोषाध्यक्ष बृजमान तामाङ, जिल्ला सदस्य दुर्गानन्द चौधरी, दिनेश कुमार साह, माधुरी चौधरी, नेपाली कंग्रेस अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष रोशन कुमार मण्डर, जसपा कंचनरुप नगर उपाध्यक्ष कल्पना चौधरी, सदस्य संगिता ठाकुर, अग्निसाईर कृष्णासवरन सचिव मिलन चौधरी, वडा २ का अध्यक्ष श्याम कुमार चौधरी लगायतका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ताराचन्द यादवले गरेका थिए ।
Add Comment