समाचार

मिथिला साहित्य कलाप्रतिष्ठानको चौथो वार्षिकोत्सव मनाइयो ,हास्यकलाकार मण्डलसहित २ सम्मानित

बृजमान तामाङ /
राजविराज, २९ माघ ।
मिथिला साहित्य कलाप्रतिष्ठन (मिलाफं) नेपालको चौथो बार्षिकोत्सव राजविराजमा शनिबार विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
श्रीराम मण्डलको अध्यक्षता तथा मधेश सरकारका प्रबक्ता एवम अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा एक समारोहका विच बार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री साहले प्रदेशमा भाषा, सँस्कृती तथा कला प्रतिष्ठान गठन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले साहित्य, संस्कृति र कलाका दृष्टिले मधेश प्रदेश समृद्ध तथा समुन्नत रहेको उल्लेख गरे । मन्त्री साहले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मधेश प्रदेशको गौरवबृद्विका लागि भाषासाहित्य र कलासंस्कृतिको प्रबर्द्धनका गर्ने उदेश्यले प्रदेश सरकारले प्रतिष्ठान गठन गर्न लागेको बताए ।

मधेस प्रदेशको भुगोलमा भाषा, संस्कृति र कलाको अनौठो तथा सुन्दर विविधता रहेको छ, मन्त्री साहले भने, यहाँका विविधतालाई नयाँ सिर्जनाबाट थप कसिलो बनाउदै लानु जरुरी छ । मधेशको साहित्य र कलासंस्कृतीक विरासत अतुल्य रहेको भन्दै उनले संसारलाई ज्ञानगुण बाँड्ने मधेशको सुनौलो अतितलाई वर्तमानमा रुपान्तरण गर्न सष्टाहरुलाई आग्रह गरे । मधेशका जिवनशैली विशिष्ट साहित्यिक र सांस्कृतिक तत्वहरु समाविष्ट छ्न, मन्त्री साहले भने, ती तत्वहरुको खोजी र पुनर्स्थापना जरुरी छ ।
मन्त्री साहले प्रदेशको नामकरण र स्थायी राजधानी भएपछी अब प्रदेश सरकारको प्रथामिकतामा सरकारी कामकाजको भाषा निर्धारण गर्ने रहेको उल्लेख गरे । मन्त्री साहले देशकै दोस्रो बढी बोलिने भाषा र प्रदेशमा जनताले सर्वाधिक बोल्ने भाषा मैथिली रहेको पनि चर्चा गरे ।
कार्यक्रममा एमाले नेता एवम पूर्व साँसद रन्जु ठाकुर, शिव नारायण पंडित , देवेन्द्र मिश्रा, कृष्णा मैथिल, शुभचन्द्र झा, करुणा झा, अशोक अमन, सरोज राम मिना गुप्ता, रमिला साह, सम्मानित कलाकार भुपेन्द्र मण्डल र सातैन राम लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सोही कार्यक्रममा २१ सय राशीको सुखी फुलो मिथिला गौरव पुरस्कारबाट कलाकार भुपेन्द्र मण्डल र प्रथम दिनाभद्री मिथिला माटी पुरस्कारबाट सातैन रामलाई सम्मानित गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page