समाचार

प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते गर्ने निर्णय

काठमाडौँ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय भएको छ ।
आज काठमाडौँमा चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
केरोना महामारीको सङ्क्रमणका कारण गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन रोकिएको थियो ।
उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ । महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page