समाचार

चार दलले ६ बुदे माग राख्दै लगाए सप्तकोसी नगरपालिकामा ताला

खगेन्द्र कार्की
फत्तेपुर —
चार दलिय गठबन्धनले सप्तरीको सप्तकोसी नगरपालिकामा बिहीबार तालाबन्दी गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएका छन्।
महालेखा नियन्त्रण कार्यलयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखापरीक्षणको विवरण गराइ नगरकार्यपालिका र नगर शभाबाट पारित गरि कानुनी कार्बाहि सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनु पर्ने, राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरको भवन निर्माणको मापदण्ड ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापन्को विवरण उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८/०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्नेसहित ६ बुँदे माग सहित चार राजनीतिक दलले तालाबन्दी गरेका हुन् ।
सप्तकोसी नगरपालिका रहेका चार दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुदे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टीमेटम दिएको थियो । ११ दिन बिति सक्दा पनि माग पूरा नभएकाले तालाबन्दी गरेको संघर्ष समितिका संयोजक युवराज खनालले बताए ।
नगरपालिकामा ताला लगाएको बिषयमा नगर प्रमुख उत्तम कुमार शर्मा संग बुझ्दा आन्दोलनरत चार दल संग बार्ता गरि नगरपालिकामा लगाएको ताला खोलिने र बार्ताको लागि बोलाइ सकिएको जानकारी दिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page