बृजमान तामाङ /
विरेन्द्र बजार ७ फागुन । जनता समाजवादी पार्टी राजगढ गाउँपालिकाका अध्यक्ष ललित कुमार सिंहले स्थानीय तहको चुनावको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरेका छ्न ।
जनता सामाजवादी पार्टी नेपाल गाउँपालिका समितीद्वारा वडा नम्बर २ स्थित वनैनियामा शनिबार आयोजित वडा स्तरीय महिला भेलालाई सम्बोधन गर्दै उनले उक्त आग्रह गरेका हुन ।
कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले जनता समाजवादी पार्टीले मात्र महिलाहरुको आरक्षण र अधिकारको विषयमा आवाज उठाएको बताए । जनता समाजवादी पार्टी महिला सहितका मुलुकमा सबैखाले भेदभाव र अन्ययको विरुद्ध संघर्ष गर्ने पार्टी हो, अध्यक्ष सिंहले भने, अहिले शासन र प्रशासनमा थोरै भएपनी समाबेशिता र सहभागीता देखिएको जनता समाजवादी पार्टीकै देन हो । स्थानीय सरकारको प्रमुख वा उपप्रमुख १ जना महिला अनिवार्य हुनुपर्ने, हरेक वडामा १ जना महिला र दलित महिलाको संबैधानिक सुनिश्चितता मधेश आन्दोलनको बलमा प्राप्त गरेको चर्चा गर्दै अध्यक्ष सिंहले साँसद, सरकार र प्रमुख निकायहरुमा महिलाको उपस्थिति बढाउन जसपाको अत्यन्तै महत्त्वपूर्ण भुमिका रहेको बताए ।
जसपाको नीति सिदान्त र विचारका कारण महिलाले थोरै भएपनी अधिकार प्राप्त गरेको दावी गर्दै सिंहले महिला सहित देशमा बिभिद, अन्याय र भेदभावमा परेको जति,समुदायको अधिकार सुनिश्चितताको लागि तिनै तहको सरकारको नेतृत्व जसपाले गर्नुपर्ने आबश्यकता औलाए । उनले पहिचान, अधिकार र प्रतिनिधित्वको लागि पार्टीका उम्मेदवारलाई विजयी गराउने उदेश्यका साथ चुनावको प्रचारप्रसार र तयारीमाजुड्न नेताकार्यकर्ता आग्रह गरे ।
भेलाले पार्टीको निति, सिदान्त र विचारलाई प्रचारप्रसार गरि जनता समक्ष पुर्याउन १५ जनाको दरले ४ वटा समिति समेत गठन गरेको जनाएको छ ।
Add Comment