समाज

सुरक्षित खानेपानी युक्त समुदायको शुभारम्भले जगतपुरबासीमा खुसियाली

उत्तम आचार्य /
कञ्चनरूप (सप्तरी),१० फागुन ।
सप्तरिको कञ्चनरूप नगरपालिका वडा नम्बर ४ जगतपुरमा सुरक्षित खानेपानी युक्त समुदायको शुभारम्भ तथा समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ, कञ्चनरूप नगरपालिका र समुदायको सहयोगमा ३५ घनमिटर क्षमता भएको पानीटंकी निर्माण गरी पाइपलाईनबाट घर–घरमा स्वच्छ खोनपानी पुगे पछि स्थानीयहरुमा खुशीहाली छाएको छ ।
“फूसको घरमा ट्युबवेल जडान गर्ने क्षमता नभएको बेला आंगनमै धारा जडान भै पानी आउन थालेपछि जगतपुर बासी निकै खुशी भएका छन् ।
सो कार्यक्रम कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार ज्युको प्रमुख आतिथ्यमा तथा युनिसेफ नेपालका प्रतिनिधि तथा सहजिकरण गर्ने संस्था अरुणोदय युवा क्लबका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा धाराको शुभारम्भ एवं समुदघाटन गरिएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले मानिस स्वस्थ रहनका लागि पौष्टिक खानेकुरा , सरसफाइ , सुरक्षित खानेपानी आवश्यक पर्ने भएकाले सुरक्षित खानेपानी घोषणाले नगरमा खुशी छाएको बताउनुभयो ।
जगतपुरका १ सय ७४ घरधुरी, १ स्वास्थ्य सस्था, १ बिधालय र १ वार्ड कर्यालय लक्षित गरी युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा ३५ घन मिटर क्षमताको पानीटंकी तथा पाइप जडान कार्य गरि सबैको घरमा खानेपानी उपल्ब्ध भएको छ ।
यो आयोजनाका लागि युनिसेफले ६० लाख २३ हजार, कञ्चनरुप नगरपालिकाले १२ लाख ४ हजार र समुदायले ८ लाख ३० हजारको सहयोग गरेको साझेदारी संस्था अरुणोदय जगतपुर खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका टिम लिडर बिपि रौनियारले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page