समाज

पण्डित चक्रप्रसाद आचार्यका छोराहरुद्वारा बुबाको नाममा पाँच लाखको अक्षयकोष(छात्रवृत्ति) स्थापना

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) ।
पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षय कोष २०७८ शुभारम्भ भएको छ ।
मंगलवार सर्वोदय माध्यमिक विद्यालय कञ्चनरुप ८ कञ्चनपुर सप्तरीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोष २०७८ को शुभारम्भ गरिएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले राम्रो काम गर्ने व्यक्तिको नाम जहिले पनि स्वर्ण अक्षरले लेखिने बताउनुभयो ।
आफ्नो पिताजीको नाममा अक्षयकोष खडा गरेर पण्डित आचार्यका तीन वटै पुत्रले इतिहासमै नमेटिने गरी आफ्नो नाम र पिताजीको नाम स्वर्ण अक्षरले लेखाउनु भएको चर्चा गर्दै यस कार्यबाट अरुलाई पनि प्रेरणा मिल्ने बताउनुभयो ।

नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बेला आचार्य परिवारबाट बुवाको नाममा छात्रवृत्ति अक्षय कोषको शुभारम्भ गरेर धेरै राम्रो कामको थालनी भएको भन्दै आचार्य परिवारलाई धन्यवाद समेत दिनुभयो ।
उहाँले राम्रो काम गर्नलाई धन मात्र भएर हुँदैन मन हुनुपर्छ नगरपालिका भित्र गिरिराज संग्रौलाले १ करोड लगानी गरेर आफ्नो बुवाको नाममा क्याम्पस स्थापना गर्नुभयो , डा. रोहित पोखरेलले कृति सामुदायिक स्वास्थ उपचार केन्द्र स्थापना गर्नुभयो त्यसैगरि आज बिश्वमणि आचार्य , श्याममणि आचार्य , मधु आचार्य तीन भाइ मिलि बुवाको नाममा छात्रवृत्ति अक्षय कोषको शुभारम्भ गर्नु भएको चर्चा गर्दै यसले समाजमा सकारात्मक सोच अघि बढी समाजको परिवर्तन हुने बताउनु भयो ।
पूर्व प्रधानाध्यापक तिर्थराज पोखरेलले शिक्षकहरु पनि अमर हुँदा रहेछन् भन्ने कुराको पुष्टि पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोष शुभारम्भ गरेर आचार्य परिवारले देखाएको बताउनु भयो ।
सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिकले धेरै पुण्य कमाएका मानिसले मात्र सम्मान पाउने र सोही अनुरुप पण्डित आचार्यले आज सम्मान पाउनु भएको चर्चा गर्नुभयो ।

पण्डीत आचार्यको कानछो छोरा मधु आचार्यले सर्वोदय माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा प्रथम हुने एक जना छात्र र एक जना छात्रा तथा कक्षा ९ र १० मा नेपाली भाषामा प्रथम हुने एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साँथ नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखामा मुद्धती खाता खोली रु पाँच लाखको अक्षय कोष खोलेको जानकारी गराउनु भयो ।
पण्डित आचार्यका जेठो छोरा विश्वमणि आचार्य, माहिलो छोरा श्याममणी आचार्य र कान्छो छोरा मधु आचार्य सहित तीनै भाइ मिली पिताजीको नाममा अक्षयकोष खडा गरिएको समेत जानकारी गराउनु भयो ।
कोषको समितिमा अध्यक्ष विश्वमणि आचार्य, विद्यालयका प्रधानाध्यापक पदेन सचिव, कोषाध्यक्षमा प्रल्हाद घिमिरे, सर्वोदय चौतारीका प्रतिनिधि एक जना गरी ५ सदस्यिय समिति रहेको समेत जानकारी गराउनु भयो ।

संस्थापकमा पण्डित आचार्यको तीनवटै रहने र कोषलाई निरन्तरता दिनका लागि पण्डित आचार्यको ४ वटा नातिलाई संरक्षकमा राखिएको र पछि कोषलाई बृद्धि गर्दै जाने उदेश्य रहेको कुराको जानकारी समेत आचार्यले जानकारी गराउनुभयो ।
पण्डित चक्रप्रसाद आचार्यले २०१३ सालदेखि २०४४ सालसम्म सर्वोदय माध्यमिक विद्यालयमा शिक्षक रही संस्कृत र नेपाली विषयमा अध्यापन गराउनु भएको थियो । उहाँ नाम चलेको ज्योतिषी समेत हुनुहुन्थ्यो । उहाँको २०५० सालमा स्वर्गारोहण हुनुभएको थियो ।
स्वागत मन्तव्य पण्डित आचार्यको माहिलो छोरो श्याममणी आचार्यले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन उहाँको नाति कोषको कोषाधयक्ष प्रल्हाद घिमिरेले गर्नु भएको थियो ।
कोषको अध्यक्ष विश्वमणि आचार्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापनगर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page