समाज

सप्तकोशी नगरपालिकाबाट ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित उदयपुरका दुई युवक पक्राउ

कञ्चनरुप (सप्तरी) । सप्तरीको सप्तकोशी नगरपालिकाबाट ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १३ लक्ष्मीपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका ८ हडिया बस्ने ३४ वर्षीय विधानन्द चौधरी रहेका छन् ।
उनीहरुलाई कंचनपुर फतेपुर आवतजावत गर्ने सडक खण्डमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी गस्ति टोलिले सप्तकोशी नगरपालिका २ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रदेश १ ०५ ००१ प ४५९३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page