राजनीति

एमाले सप्तरीको नवौं जिल्ला अधिवेशन पछिको प्रथम सान्दर्भिक बैठकले विभिन्न जिम्मेवारी तोक्यो

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
डेढ महिना अघि सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं जिल्ला अधिवेशन पछिको मंगलवार बसेको प्रथम बैठकले विभागिय जिम्मेवारी तथा कामको बाँडफाँड लगाइएको छ ।
राजविराज स्थित मदननगर पार्टी कार्यालयमा अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षता र केन्द्रिय सदस्य त्रेय तथा सप्तरी पार्टी इन्चार्ज दिवाकर देवकोटा र सह इन्चार्जद्वय राज कुमार लेखी र सरीता गीरी यादव एवं प्रदेश सदस्यहरुको सहभागितामा बसेको बैठकले क्षेत्रिय संयोजक, जिल्ला सचिवालय सदस्य र अन्य विभागिय जिम्मेवारी टुङ्गो लगाएको जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो ।

जिल्लाका निर्वाचन क्षेत्र नम्वरमा १ देखि ४ सम्म क्रमशः शोभितलाल यादव, प्रभाकर सिंह, निरन्जन चौधरी र बुज नारायण साहलाई क्षेत्रिय संयोजकमा बैठकले तोकेको छ । यसैगरी सचिवालय समितिको पनि नामावली आइसकेका छन् ।
सचिवालयमा पदाधिकारी बाहेक प्रत्येक पालिकाबाट एकजना रहनेछ । कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरकमिटी र रुपनी गाउँकमिटी बाहेक सबै पालिकाले पालिकाबाट जिल्ला सदस्यमा परेका मध्येबाट एकजना सचिवालय सदस्यका लागि नाम पठाइसकेको सचिव यादवले बताउँनुभयो ।
अन्य विभागीय कार्यव्यवस्थापनमा पनि जिम्मेवारी छुट्टयाई सकेकाछन् नाम भने दुई दिन पछाडी मात्र जानकारी गराउँने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page