समाज

सप्तरीमा करेन्ट लागेर एक ४२ वर्षीय पुरुषको मृत्यु

कञ्चनरुप (सप्तरी), १२ फागुन । सप्तरीमा करेन्ट लागेर एक ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने ४२ वर्षीय महादेव साह रहेका छन ।
बुधवार साँझ घर नजिकै रहेको पोखरीबाट घरमा मोटरले पानी पटाउने क्रममा अचानक करेन्ट लागी साह घाइते भएका थिए । घाइते साहको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page