समाज

सप्तरीमा नेवा देय दवुको जिल्लाकार्य समितिको उदय

डम्बर राई /
कञ्चनरुप ।
नेवा देय दवु जिल्ला कार्य समिति सप्तरीको अध्यक्षमा कञ्चनरुप नगरपालिका १२ बस्ने मित्र नारायण श्रेष्ठ सर्व सम्मतले चयन हुनुभएको छ ।
शनिवार कञ्चनरुप वडा १२ स्थित नेवा समाजको गुठी भवनमा आयोजित जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्ष, समावेशी उपाध्यक्ष, सचिव, समावेशी सचिव र कोषाध्यक्षमा क्रमशः पूर्ण बहादुर श्रेष्ठ, विष्णु श्रेष्ठ, अर्जुन कुमार श्रैष्ठ, देवी जोशी र माधव मास्के छन् । यसैगरी सदस्यहरुमा कविता, पदम बहादुर, भक्त नारायण, देव नारायण, कुमारमान, राजेन्द्र र निरज श्रेष्ठ चयन भएकाछन् । सल्लाहकार समितिमा दक्ष नारायण श्रेष्ठ, लेख नारायण श्रेष्ठ र अरुण प्रधान रहेकाछन् । यसैगरी आयोजित भेलाले जित बहादुर श्रेष्ठको अध्यक्षतामा गुठी र बम बहादुर श्रेष्ठको अध्यक्षतामा नगर समिति पनि गठन गरेको जनाइएको छ ।
नेवा देय दवुको सम्पन्न भेलामा कञ्चनरुप नगरपालिका प्रमुख, बसन्त कुमार मिश्र, नगर उपप्रमुख निरु पोखरेल, आदिवासी जनजाती जिल्ला महासंघ सप्तरीका अध्यक्ष बुजमान तामाङ लगायतले नेवार समुदायले सप्तरीमा जातिय संगठन ढिलै भएपनि निर्माण गरेर आफ्ना जाती समुदायप्रति गोलबन्द भएको भन्दै खुशी व्यक्त गर्नुभएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page