कञ्चनरुप , १५ फागुन । सप्तरीको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप -१२ रुपनगरमा आयोजित तीन दिने निशुल्क आँखा शिविरको आज दोस्रो दिन ७ सय जनाको आँखाको चेकजाँच गरिएको छ ।
सो चेकजाँच गरिएकोमा १ सय ८२ जनामा मोतियाविन्दु फेला परेको छ । ती १ सय ८२ जना मोतिबिन्दु बिरामीहरुको सफल शल्यक्रिया गरि उपचार गरिएको उपचार केन्द्रले जनाएको छ ।
शिविरको पहिलो दिन आइतबार ८ सय जनाको आँखाको चेकजाँच गरिएकोमा १ सय ८५ जनामा मोतियाविन्दु देखिएको थियो । ती सबै मोतिबिन्दु बिरामीहरुको सफल शल्यक्रिया गरि उपचार गरिएको थियो ।
शिविरमा तिलगंगा नेत्र प्रतिष्ठानका डा. सृजना अधिकारी, डा. सागर रुइत, डा. कृपा लोप्चन, डा. प्रविन यादव लगायतका वरिष्ठ चिकित्सकहरुद्वारा सेवा प्रदान गरिएको छ ।
Add Comment