शिक्षा

बहिरा तथा सुस्त मनस्थिति भएका छात्रछात्रालाई कपडा, ब्यागसहित शैक्षिक सामाग्री वितरण

बृजमान तामाङ /
विरेन्द्र बजार, १५ फागुन ।
सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ स्थित रहेको जनहित पवन राष्ट्रिय प्रथामिक विधालय बनरझुल्लाका बहिरा तथा सुस्त मनिस्थिती भएका छात्रछात्राहरुलाई ब्याग, कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
श्रीपुराज गैरसरकारी संस्था कुसाहाको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो ।
विधालयमा अध्यानरत २३ जना छात्रछात्रालाई जनही १ थान ब्याग, १ दर्जन कपि, पेन्सिल, कपडा लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाद्वारा सहयोग प्राप्त गरिव, बिपन्न र जेहेन्दार १ सय ७६ जाना बालबालिकाहरुलाई विधालय पोशाक समेत वितरण गरिएको विधालयले जनाएको छ ।
विधालय ब्यबस्थापन समितिका अध्यक्ष सूर्य नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विधालयलाई आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउने आधा दर्जन ब्यक्तिहरुलाई सम्मान-पत्र,गम्छाबाट सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा शिक्षा विकास तथा समवन्य कार्यालय सप्तरीका शिक्षा समवन्य अधिकारी विजय कुमार मण्डल, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, खडक नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गमकलाल चौधरी, खडक नगरपालिका शिक्षा शाखा निबर्तमान प्रमुख देवन प्रसाद चौधरी, श्रीपुराजका टिम लिडर विनोदानन्द चौधरी रहेका छन् ।
विधालयका संस्थापक दाता विरेन्द्र कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत साहायक प्रधानाध्यापक रुक्मिणी चौधरीले गरेकी थिईन भने कार्यक्रमको उदेश्य तथा विधालयको समस्या र चुनौतीको बारे प्रधानाध्यापक देव नारायण मण्डलले प्रकाश पारे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page