स्वास्थ्य

निशुल्क आँखा शिविरमा १८५० जनाको चेकजाँच गरिएकोमा ५१८ जना मोतियाविन्दुको शल्यक्रिया

कञ्चनरुप , १६ फागुन । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप -१२ रुपनगर सप्तरीमा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँका वरिष्ठ चिकित्सकहरु आएर निशुल्क रुपमा ५१८ जनाको आँखाको (मोतियाविन्दु) शल्यक्रिया गरी उपचार गरेपछि आँखाका बिरामीहरु हर्षित भएका छन् ।
तीन दिने निशुल्क आँखा शिविरको आज तेस्रो दिन ३ सय ५० जनाको आँखाको चेकजाँच गरिएको छ ।
सो चेकजाँच गरिएकोमा १ सय ५१ जनामा मोतियाविन्दु फेला परेको छ । ती १ सय ५१ जना मोतिबिन्दु बिरामीहरुको सफल शल्यक्रिया गरि उपचार गरिएको र ३ जनाको रेरेजियम शल्यक्रिया गरेको उपचार केन्द्रले जनाएको छ ।

शिविरको पहिलो दिन शनिवार ८ सय जनाको आँखाको चेकजाँच गरिएकोमा १ सय ८५ जनामा मोतियाविन्दु देखिएको थियो । ती सबै मोतिबिन्दु बिरामीहरुको सफल शल्यक्रिया गरि उपचार गरिएको थियो ।
त्यसैगरी शिविरको दोस्रो दिन आइतबार ७ सय जनाको आँखाको चेकजाँच गरिएको थियो ।
सो चेकजाँच गरिएकोमा १ सय ८२ जनामा मोतियाविन्दु फेला परेको थियो । ती १ सय ८२ जना मोतिबिन्दु बिरामीहरुको सफल शल्यक्रिया गरि उपचार गरिएको जनाइएको छ ।
शिविरमा तिलगंगा नेत्र प्रतिष्ठानका डा. सृजना अधिकारी, डा. सागर रुइत, डा. कृपा लोप्चन, डा. प्रविन यादव लगायतका वरिष्ठ चिकित्सकहरुद्वारा सेवा प्रदान गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page