समाज

ब्रम्हकुमारी राज योगद्वारा ८६ औं महाशिवरात्रीको उपलक्ष्यमा परमात्मा प्रत्यक्षता प्रवचन तथा शान्ति यात्रा

उत्तम आचार्य /
कञ्चनरूप , १७ फागुन ।
ब्रम्हकुमारी राज योग उप सेवा केन्द्र कञ्चनरूप-४ वकाल सप्तरीले मंगलबार ८६ औं महाशिवरात्रीको उपलक्ष्यमा परमात्मा प्रत्यक्षता प्रवचन तथा शान्ति यात्रा सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले मानिसले जहिले पनि सकारात्मक सोच राखी सहनशील भई ठूलो हृदयका साथ बफादार रहि हँसिलो अनुहारका साथ एकअर्काको दुख सुखदुःखमा साथ दिई उनीहरूको जीवनमा परिवर्तन ल्याउने काम गरेमा समाजमा अवश्य शान्ति छाउने बताउनुभयो ।
ॐ शान्तिले योगा गर्न समेत सिकाउने भएकाले ॐ शान्तिमा लाग्दा फाइदै फाइदा भई शरीर स्वस्थ रहने समेत मिश्रले बताउनुभयो ।
उपप्रमुख निरु पोखरेलले मानिसको जन्म भएपछि मृत्यु पनि अवश्य हुन्छ तर जन्म मृत्यु बीचको खाडललाई सहज तरिका लानका लागि आफूले आफूलाई नै सुधारेर लग्ने हो भने समाजमा अवश्य शान्ति आउने बताउनुभयो ।
नगर प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहले महाशिवरात्री पर्वले देश तथा समाजमा शान्ति ल्याउन प्रेरणा मिलोस भन्ने शुभकामना दिनुभयो । ब्रम्हकुमारी राज योग उप सेवा केन्द्रले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा समेत समाजमा शान्ति ल्याउने कार्यमा अझ प्रेरणा मिलोस भनि शुभकामना समेत दिनुभयो ।
नगरपालिकाका प्रेस सल्लाहकार एवं पुरोहित उत्तम आचार्यले ॐ कारबाट आफ्नो सम्बोधनलाई सुरु गर्दै मानिस यस धर्तीका पाउना हुन जमिनदार होइनन् त्यसैले दुई दिनको जिन्दगीमा मानिसले असल आचरणका साथ अगाडि बढेमा उसको साथै परिवारको जीवन सुखमय र शान्तिका साथ बित्ने बताउनुभयो । हाम्रो पूर्वीय दर्शन ज्यादै राम्रो छ र त्यहीँ दर्शन अनुसार मानिसले कार्य गर्नुपर्ने बताउनुभयो ।
स्वागत मन्तव्य वडा नम्बर ८ का वडा सचिव कविता बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन राज योग उपसेवा केन्द्रका बालकृष्ण जीले गर्नुभएको थियो ।
पञ्चकन्या सहितको शान्ति यात्रा कञ्चनपुर बजार परिक्रमा गरि राजयोग उपसेवा केन्द्रको कार्यालयमा आएर समापन भएको थियो भने ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्रकी सञ्चालिका बिधा जीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

KRN
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page