समाज

चौधरीको निवासमा सात गाउँका २ हजार वैष्णवहरुलाई बोलाएर ठूलो भण्डारा हुने

कञ्चनरूप , २० फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ११ ठेलिया निवासी गाउँकुमारी थरुनीको सुपुत्र हर्ख नारायण चौधरी र नरेश कुमार चौधरीको निवासमा ठूलो भण्डारा हुने भएको छ ।
सात गाउँको २ हजार वैष्णवहरुलाई बोलाएर फागुन २३ र २४ गते ठूलो भण्डारा लगाउने हर्खनारायण चौधरीले बताए ।
सो भण्डारामा १ सय जना कन्या कुमारीको समेत उपस्थिति रहने चौधरीले बताए । यसै समाचारलाई आधार (निम्तो ) मानी सबै आफन्त तथा इष्ट मित्रहरूलाई भण्डारामा उपस्थित हुन समेत उनले आग्रह गरेका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page