डम्बर राई /
कञ्चनरुप (सप्तरी) । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को क्षेत्रिय समन्वय समितिको गठन प्रक्रिया शुक्रवारदेखि प्रारम्भ भएको छ ।
जिल्ला पार्टी कमिटीको यहि फागुन १० गते बसेको बैठकको निर्णयले जिल्लाको चारैवटा निर्वाचन क्षेत्रको संयोजक छनौट गरी क्रमशरुपले सबै क्षेत्रमा २० गते देखि २३ गतेसम्म भेलाको आयोजना गर्ने सर्वसम्मत गरेको थियो । भेलाले निर्वाचन क्षेत्रिय समन्वय समितिको सह संयोजक र सचिव छनौट गर्ने छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका ९ स्थित फुलवारी पाटी प्यालेसमा शुक्रवार आयोजित भेलाले निर्वाचन क्षेत्र नम्वर १ मा क र ख कै विधानतः गठन हुन नसकेको जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो । विधानतः यस समन्वय समितिको तोकिएको पदाधिकारीहरु जिल्ला सदस्यबाट छनौट हुनुपर्नै प्रावधान रहेको सचिव यादवले प्रष्ट्याउँनुभयो ।
यादवको अनुसार, सह संयोजकका लागि सप्तकोशी नगरपालिकाबाट जाहिर हुसैन, कञ्चनरुपबाट सरस्वती निरौला, लक्ष्मी मण्डल, अग्नीसाइर कृष्णासवरनबाट अशोक चौधरीको नाम प्रस्तावित थियो । यस्तै सचिवका लागि कञ्चनरुपबाट डिक बहादुर विश्वकर्मा, तिरुहुतबाट दिनेश प्रसाद यादव र अग्नीसाइर कृष्णासवरनबाट विनोद चौधरी आकांक्षी थिए ।
आकांक्षीहरुबीच सहमति हुन नसकेपछि निर्वाचन क्षेत्र नम्वर १ मा क्षेत्रिय समन्वय समिति गठन हुन सकेन सचिव यादवले भन्नुभयो, अब जिल्ला कमिटीले नै गठन गरेर समन्वय समितिलाई वैधानिकता दिइनेछ ।
आयोजित भेलामा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्जद्वय राज कुमार लेखी, सरीता गीरी यादव, प्रदेश सदस्य तथा नगर प्रमुखद्वय बसन्त कुमार मिश्र, उत्तम कुमार शर्मा, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सचिव देवनाथ यादव, सह सचिव अमलेख झा लगायतले समन्वय समितिको काम कर्तव्य र पार्टी विधानवारे प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
संयोजक शोभितलाल यादवको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।
Add Comment