समाज

प्रेस चौतारी मधेस प्रदेशमा महतको नेतृत्वमा २७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन

रौतहट , २१ फागुन । प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटीको अध्यक्षमा फनि महत चयन भएका छन् ।
शनिबार मधेश प्रदेशको रौतहट जिल्लाको चन्द्रपुर स्थित होटेल आरौहीमा सम्पन्न चौतारीको पहिलो अधिवेशनले महतको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।
अर्चना परियार र अनिल तिवारी उपाध्यक्षमा निर्वाचित भए । त्यस्तै महासचिवमा गौतम श्रेष्ठ, सचिवमा भगलु मण्डल र ग्यासु मियाँ देवान चयन भए भने जितेन्द्र साह कोषाध्यक्षमा निर्वाचित भए ।

त्यसैगरी सदस्यहरुमा सप्तरीका पिन्टु कुमार यादव र भगवति चौधरी, महोत्तरीबाट नविन साह, रौतहटबाट रामपुकार राउत, विजय पटेल, विना राउत, बाराबाट शम्भुप्रसाद महतो, अनिल कुमार गौरव, सपना ढकाल, पर्साबाट लक्ष्मी खरेल, बारा भवानी सुवेदी, पर्साबाट निरञ्जन मिश्र, श्याम कुशवाहा, सफल खतिवडा, कन्हैया गुप्ता र आशिक अन्सारी चयन भएका छन् । सो अधिवेशलने ६ सदस्यीय सल्लाहकार समिति समेत सर्वसम्मत चयन गरेको छ, जसमा गोकुल घोरसाइने, अर्जुन थपलिया, शंकर श्रेष्ठ, रेणु चौधरी, जीवछ चौधरी र सञ्जय मिश्र रहेका छन् ।

नेकपा (एमाले) का केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस चौतारी नेपालका केन्द्रीय कमिटीका उपाध्यक्ष लालबाबु शेखले सपथ ग्रहण गराउनुभयो ।
प्रमुख अतिथि ज्ञवालीले गमलामा पानी हालेर कार्यक्रम उदघाटन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page