समाज

सप्तरीको सितापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते

बिरेन्द्र बजार,२२ फागुन । सप्तरीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाईर कृष्णासवरण गाउँपालिका २ सितापुरमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ६ ख १७३९ नम्बरको मकालु बस अनियन्त्रित भई आइतबार विहान साढे तीन बजे दुर्घटना भएको हो ।
दुर्घटनामा सिरहा गोलबजार नगरपालिका ७ का बसधनी ४७ बर्षिय श्रीलामा , सोही ठाँउका बर्ष १७ का सुरज पासवान,मोरङ शनिश्चरे नपा १ का बस चालक बर्ष ३० को गोविन्द मगर, कास्की पोखरा माहाननगरपालिका १६ का बर्ष २५ का कमल बुढा, धाधिङ्ग ज्वालामुखी गाउँपालिका ६ का बर्ष ३० को भबेन्द्र सुवेदी,बारा गडिमाई नपा ३ का २२ बर्षिय मुन्ना मियाँ, उनको छोरा मोहम्मद मियाँ लगायतका घाईते भएका छन् ।
घाईतेहरुको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि विराटनगर र धरानको अस्पताल पठाएको प्रहरीले जनाएको छ । सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घाईतेहरुको अबस्था सामान्य रहेको तथा घटना बारे अनुसान्धन भईरहेको छ । बस सडक छेउको किनारमा पल्टिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page