राजनीति

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नगर कमिटी गठन , कार्यक्रमलाई नेता प्याकुरेलले सम्बोधन गर्नुभयो

डम्बर राई
कञ्चनरुप (सप्तरी) ।
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कञ्चनरुप नगरकमिटीमा देव नारायण चौधरी सर्वसम्मतले चयन भएका छन् ।
यसैगरी कमिटीको उपाध्यक्ष, सचिव, सहसचिवमा क्रमशः रेखा चौधरी, दिलिप श्रेष्ठ, शत्रुघन चौधरी योगेन्द्र प्रसाद चौधरी छन् भने बलदेव चौधरी, अमृत राई लगायत कमिटीमा २४ सदस्यहरु छन् ।
कञ्चनरुप ९ स्थित फुलवारी पाटीप्यालेस रुपनगरमा मंगलवार आयोजित नगरभेलामा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय तथा पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले आदिवासी जनजातीहरुको समस्या हलहुने वारेको व्याख्या गर्नुहुदै हक, अधिकारका माँगलाई पूरागर्न जनआधार निर्माण गर्नुपर्नै औल्याउँनुुभयो । प्रमुख अतिथीको आसनबाट नेता प्याकुरेलले जनआधार जुटाउँन ठुला पार्टीबाट मात्र सम्भव हुने र सुचित गराउँने, आधारयोग्य प्रशिक्षण दिने जस्ता सांगाठानिक नीति पार्टीमा रहेकोले पार्टी विकल्प नरहेको बताउँनुभयो ।
उहाँले भन्नुभयो, मुलुकमा एमालेको बहुमत आउँने डरले गठबन्धन सरकारमा रहेका पार्टीले स्थानिय निर्वाचन पर सारेर सँसदीय निर्वाचनलाई अघि सार्न आँटेको छ । तर यसका लागि हामीले सशक्त रुपमा दवाव दिनुपर्छ । हामीले एकै मान्छेलाई विभिन्न नामले विभिन्न संगठनमा समेट्ने तर्फ लाग्यौ भने संगठन कमजोर हुनसक्ने केहि उदाहरणहरु पस्किदै प्याकुरेलले संगठनलाई बलियो बनाउँन खेलिने भुमिका प्रतिको प्रशिक्षणात्मक संदेश दिनुभयो ।
केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला पार्टी ईन्चार्ज दिवाकर देवकोटाले संगठनको ढाँचा र पद्घतीमा जिम्मेवारीको भुमिका बारे जानकारी दिनुहुदै सप्तरीमा नेकपा एमालेको विगत र हालको अवस्थावारे भिन्नता खुलाउनुभयो । यसैगरी केन्द्रिय सदस्य तथा जिल्ला सह ईन्चार्ज राज कुमार लेखीले आदिवासी जनजातीको माँगलाई सम्वोधन गर्ने पार्टी नेकपा एमाले बाहेक अरु नरहेको दावी गर्नुभयो । देशमा सम्पूर्ण जाती समुदाय सहितको आमुल परिवर्तनकारी परिणाम देखियो त्यो सबै नेकपा एमालेकै देन हो लेखीले भन्नुभयो, २०६४ साल देखि हालसम्म ८४ जना संसद आदिवासी जनजातीकै भइसकेको छ यो उल्लेखिय कार्यमा एमालेको हात छ ।
उहाँले पहाडमा बस्ने क्षेत्री, बाहुन र तराईमा बस्ने मधेशीलाई छुट्टयाएर बोलिने अपशब्दलाई सुधार गरिनुपर्छ भन्दै आदिवासी जनजाती क्षेत्री, बाहुन र मधेशी एक समानता एवं एक आपसी सहयोगीको रुपमा रहन सकेमात्र हाम्रो समस्या हल हुदै जाने नेता लेखी बताउँनुभयो ।
नगर अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित भेलामा प्रदेश कमिटी सदस्यद्वय श्याम पोखरेल, आसरादेवी चौधरी, जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनवर्गिय संगठन र वडा अध्यक्ष लगायतले शुभकामना र नगर सचिव केवल खत्रीले स्वागत मन्तव्य राखेका थिए ।
नगर अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा माधव चौधरीले कार्यक्रम संचालन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page