समाज

जबर्जस्ती करणी मुद्धाका फरार एक प्रतिवादी पक्राउ

कञ्चनरुप (सप्तरी) । सप्तरी प्रहरीले जबर्जस्ती करणी मुद्धाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक कमलपुर गाविस वडा नम्बर ३ हाल सप्तकोशी नगरपालिका वडा नम्बर ९ कमलपुरका बर्ष ५३ को जगदिश यादव रहेका छन ।
मिति २०६८/१२/०१ गते जिल्ला अदालत राजविराज सप्तरीको र मिति २०७१/०१/२९ गतेको तत्कालीन पुनराबेदन अदालत राजविराजको फैसालाले १२ बर्षकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दोषी ठहर गरी ६ बर्ष कैद र जरिवाना तोकेको थियो ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी नायव निरीक्षको टोलिले यादवलाई बिहीबार निजको घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
आजै यादवलाई अदालतमा उपस्थित गराई कारगार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page