समाचार

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ;कृषा सुवेदी प्रथम, नन्दनी शर्मा दोस्रो र अर्चना कुमारी यादव तेस्रो

उत्तम आचार्य /
कञ्चनरुप, २६ फागुन ।
सप्तरीको कञ्चनरुप नगरपालिका कञ्चनपुरको आयोजनामा तथा सगरमाथा साहित्य परिषद्को संयोजनमा बिहीवार माध्यमिक विद्यालय स्तरको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सो प्रतियोगितामा पहिलो चरणमा २४ विद्यालयका ४४ जना छात्रछात्राहरु सहभागी रहेकोमा १५ जना छात्रछात्राहरु दोस्रो चरणमा प्रवेश गरेका थिए । बिहीवार १५ जना छात्रछात्राहरु बीच भएको प्रतिस्पर्धामा ह्याप्पील्याण्ड माध्यमिक विद्यालय राजविराजकी छात्रा कृषा सुवेदी प्रथम, डेफोडिल माध्यमिक विद्यालय कञ्चनपुरकी छात्रा नन्दनी शर्मा दोस्रो र माध्यमिक विद्यालय खोक्सरकी छात्रा अर्चना कुमारी यादव तेस्रो भईन् ।

माध्यमिक विद्यालय कट्टीका छात्र मातृका प्रसाद यादव र सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरका साहिल सिंह सान्त्वना भए । त्यस्तै माध्यमिक विद्यालय बोदे बर्साइनका छात्र सिकेन्द्र कुमार राम, माध्यमिक विद्यालय फत्तेपुरकी छात्रा प्राप्ती बस्नेत, गोबद्धन माध्यमिक विद्यालय फत्तेपुरकी छात्र सुस्ता विष्ट, माध्यमिक विद्यालय त्रिमुत्रीकी छात्रा अनुषा कुमारी पण्डित र माध्यमिक विद्यालय ओद्राहकी छात्रा सुमित्रा परियार विशेष सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
प्रथमलाई ११ हजार रुपियाँ नगद र प्रमाणपत्र ,यसैगरी द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । शान्तवना पुरस्कार २ जनालाई जनही २÷२ हजार र ५ जनालाई जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । बाँकी रहेका पाँच जनालाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि, निर्णयक मण्डललाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्त मिश्रले विजयी प्रतियोगीहरुलाई बधाई दिँदै विद्यार्थीहरुले आफूमा भएको प्रतिभालाई कहिल्यै पनि लुकाउन नहुने बताउनु भयो ।
शिक्षा इकाइ समिति सप्तरीका प्रमुख विजय कुमार मण्डलले प्रतियोगितामा हारिदैन कि जितिन्छ कि सकिन्छ तर हिम्मत हार्न हुँदैन भन्दै विद्यार्थीहरुको प्रशंसा गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत रेणुका साह, रक्षा मिडिया हाउसका संचालक भुवन राउत, प्रतियोगि सुस्ता विष्ठ लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो जिल्लामै पहिलो पटक सबैभन्दा ठूलो राशिको पुरस्कारसहितको वक्तृत्वकला प्रतियोगिता रहेको परिषदले जनाएको छ। स्वागत मन्तव्य प्रेस सल्लाहकार उत्तम आचार्यले गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षा शाखाका संयोजक ललित नारायण यादवले गर्नुभएको थियो ।
सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page