स्वास्थ्य

दुई दिने बाल रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा ६ सय ९० जना बालबालिकाले लाभ लिए

कञ्चनरुप, २७ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा दुई दिने बाल रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
५ वर्ष मुनीका बच्चाहरुको स्वास्थ्यमा कुनैपनि समस्या नआओस भन्ने उदेश्यका साथ यो शिविरको आयोजना गरिएको हो ।
शिविरको पहिलो दिन १ सय ७५ जना र आज दोस्रो दिन ५२४ जना गरी जम्मा ६ सय ९० जना बालबालिकाहरुको उपचार गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको स्वास्थ्य शाखाका स-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी गराउनु भयो ।

एम्स हस्पिटल दिल्लीका बाल रोग विशेषज्ञ डा. डम्बर प्रसाद साह र छिन्नमस्ता अस्पतालका बालरोग विशेषज्ञ डा. मुकुन्द देवले बालबालिकाहरुको स्वास्थ जाँच गरि सेवा प्रदान गर्नु भएको स्वास्थ शाखाले जनाएको छ ।
सो शिविरको नगर प्रमुख बसन्त कुमार मिश्रले निरीक्षण समेत गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page