कञ्चनरुप, २७ फागुन । नेपाल बुद्धिजिवी परिषद् सप्तरी जिल्लाको आठौँ जिल्ला अधिवेशन शुक्रवार कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित फूलवारी पार्टी रिसोर्टमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं मधेश प्रदेशका सह इन्चार्ज सुमनराज प्याकुरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक पार्न केपी ओली नेतृत्वमा रहेको सरकारले गरेको विकास निर्माणको कार्यलाई प्रत्येक जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन दिनु भयो ।
पछि परेकालाई अगाडि बढाउने सम्पत्ति नभएकालाई रोजगारी सृजना गर्ने जमिन्दार प्रथाको अन्त्य गर्ने काम नेकपा (एमाले) को नेतृत्वको सरकारले मात्र पुरा गर्ने बताउनु भयो । आफूलाई भन्दा बिचारलाई अगाडि बढाएमा पार्टीको संगठन राम्रो हुने बताउँदै ५ दलिय गठबन्धन सरकारले नेपालको संविधानको अपव्याख्या गरी संविधान प्रति बलत्कार गर्ने काम गरेको आरोप लगाउनु भयो ।
नेपाल बुद्धिजिवी परिषद्का केन्द्रिय उपाध्यक्ष कमानन्द देवले नेपालको इतिहासमा कुनैपनि राजनितिक दलको सरकारले गर्न नसकेको नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारले गरेर विश्वलाइ नै चकित पार्नै काम गरेको बताउँदै यो देशमा कसैले केहि गर्न सक्छ भने त्यो व्यक्ति भनेको केपी ओली मात्र रहेको ठोकुवा गर्नुभयो । एमालेको सिद्धान्तलाई मूलमन्त्र ठानी बुद्धिजिवीहरुले काम गर्नुपर्ने उहाँले बताउनु भयो ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले बुद्धिजिवीहरुले पार्टीलाई सहि मार्गदर्शन दिन आवश्यक रहेको बताउनुभयो । नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी सह इन्चार्ज राजकुमार लेखीले परमादेशबाट बनेको ५ दलिय गठबन्धन सरकारले लोकतन्त्रको उपहास गर्दै जनविरोधी काम गरिरहेको आरोप लगाउनुभयो ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी सह इन्चार्ज सरीता गिरी, मधेश प्रदेश सदस्य एवं कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र, आसरादेवी चौधरी, बुद्धिजिवी मेघराज पौड्याल लगायतका वक्ताहरुले बुद्धिजिवीहरुले सहि सल्लाह सुझाव दिई पार्टीको संगठनलाई मजबूत बनाउनु पर्ने बताउनु भयो ।
सोही अधिवेशनबाट गजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा १४ सदस्यिय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश ः संजा चौधरी, निपिन देव, काशीनाथ यादव र कविता प्रमाणी रहेका छन् ।
स्वागत मन्तव्य देवेन्द्र गुप्ताले गर्नुभयो भने कार्यपत्र प्रस्तुत तिर्थराज पोखरेलले गर्नुभएको थियो । आयोजक कमिटिका सह संयोजक गजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment