समाचार

आदिवासी जनजातिहरुको संस्कृति प्रबर्द्धन सम्बन्धि ३ दिने अन्तरक्रिया सम्पन्न

बृजमान तामाङ /
राजविराज, २८ फागुन ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद एवम पूर्व उर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरीले देशमा विकास र सुशासन कायम गर्न जनजागरण अपरिहार्य हुने बताएका छ्न ।
डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा आदिबासी जनजाति महासंघ डाक्नेश्वरी नगरपालिकाद्वारा पातोमा शनिबार आयोजित आदिवासी जनजातिहरुको लागि सामाजिक संस्कृति प्रबर्द्धन सम्बन्धि तीन दिने अन्तरक्रिया कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै साँसद चौधरीले काम गर्ने पुरानै शैलीको कारण स्थानीय तहदेखी राज्यको सबै तहमा भ्रष्टाचारले जरा गाडेको बताए । योजना कार्यान्वयन गर्ने पुरानो विधिले भ्रस्टाचारलाई संरक्षण गरे, साँसद चौधरीले भने, अहिले पनि योजना संचालन गर्दा १० देखि २५ प्रतिशत कमिसनको खेल हुन्छ । भ्रष्टाचार न्यूनीकरण गर्न जनता जागरुक हुनुपर्नेमा उनले जोड दिए । जनता सचेत नभएसम्म विकास , सुशासन र समृद्धिको कार्यले गतिलिन नसक्ने दावी गर्दै पुर्व मन्त्री समेत रहेको साँसद चौधरीले मुलुकमा विकास र सुशासन कायम गर्न जनजागरण अपरिहार्य हुने बताए ।
अन्तरक्रिया, गोष्ठी र चेतनामूलक कार्यक्रम पनि विकासको एउटा पाटो भएको चर्चा गर्दै साँसद चौधरीले कार्यक्रम गर्न नगरपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै आयोजकको प्रशंसा गरे । साँसद चौधरीले देशमा उत्पीडन र अधिकारबाट बन्चित बर्ग र समुदायलाई सम्मान हैसियतमा पुर्‍याउने दाईत्व राज्यको भएको भन्दै आदिवासी जनजाति सहितका राज्यबाट पछाडि परेको समुदायको हक अधिकार सुनिश्चितताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले आदिवासी जनजाति सहितका पहिचान जनित आन्दोलनको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि अझै संघर्ष गर्नु पर्नेमा जोड दिए । डाक्नेश्वरी नगरपालिकाका योजना शाखा अधिकृत विनोद कुमार ठाकुरले कार्यक्रम सोचेको भन्दा उपलब्धिमुलक भएको भन्दै आयोजकलाई धन्यवाद दिए ।
आदिवासी जनजाति डाक्नेश्वरी नगरपालिकाका अध्यक्ष अर्विन्द कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम समापन समारोहमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विजय कुमार चौधरी, ५ का रामनारायण चौधरी, ७ का दुखहरण मण्डल, कार्यपालिका सदस्य रामसुन्दर मण्डल लगायतले मन्तव्य व्यक्त गरे ।
यसैगरी थारुकल्याण कारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण थारु, दनुवार जागारण समिति सप्तरीका अध्यक्ष खेमराज सिंह दनुवार, थारु भाषा तथा साहित्यविद्व बुधसेन चौधरी, कार्यक्रमका सहजकर्ताहरु सुदर्शन चौधरी, सुकदेव चौधरी, गैसस सप्तरीका सदस्य अर्जुन यादव,शत्रुधन प्रसाद मण्डल,अशोक कुमार चौधरी बशन्ती देवी चौधरी गणेश कुमार चौधरी, धनाई मण्डल, प्रदीप कुमार चौधरीले समेतले मन्तव्य व्यक्त गरे ।
आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगरपालिकाका सचिब रामचन्द्र मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष रामसागर मण्डलले गरे । फागुन २६ गते देखि शुरु भएको अन्तरक्रिया कार्यक्रममा डाकेश्वरी नगरपालिका अन्तर्गतका आदिबासी जनजाति समुदायहरुको सहभागीता रहेको सचिब शत्रुधन प्रसाद सिंह दनुवारले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page