समाचार

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत सर्वसम्मत चयन

पोखरा । पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत सर्वसम्मत चयन भएका छन । पोखरामा आयोजित ९ औँ राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
चौतारीको वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरूमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर, महासचिवमा हिरामान लामा चयन भएका छन् ।
उपमहासचिव शुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । त्यसैगरी सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर,सुष्मा पौडेल र हरिबल्लभ नेपाल चयन भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page