समाचार

टेङरीका अग्निपीडित परिवारलाई नेकपा (एमाले)द्वारा राहत प्रदान

कञ्चनरुप (सप्तरी) । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ४ का अग्निपीडित परिवारलाई नेकपा (एमाले) ले राहत वितरण गरेको छ।
एमालेका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाको नेतृत्वमा गएको नेताकार्यकर्ताहरुले राहत वितरण गरेको हो ।
आगलागीबाट सर्वस्व गुमाएका ११ अग्निपीडित परिवारलाई त्रिपाल, झुल, नुन, च्यूरा ,मुरी लगायतका खाद्यान्न सामग्री प्रदान गरे ।
गएराती भएको आगलागीमा परी १० परिवारको २७ घरमा आगलागी हुँदा करोडौं क्षति भएको थियो । पीडित परिवारलाई बिभिन्न ब्यक्ति तथा संघसंस्थाले राहत वितरण गरेका छन् । 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page