समाचार

लायन्स क्लब खडकनगरद्वारा १ सय ४४ जना विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

राजविराज, २९ फागुन । लायन्स क्लब अफ खडकनगर सप्तरीले आइतबार भवानी प्रसाद सकल प्रसाद रामप्राद जनता माध्यमिक विद्यालय कल्याणपुरका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ।
लायन्स क्लब खडक नगरका सल्लाहकार एंव मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले भसराज मावि कल्याणपुरका कक्षा १ देखि ५ सम्मका १ सय ४४ जना विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो।
विद्यार्थीलाई ब्याग वितरण गर्दै मन्त्री कर्णले विद्यार्थीलाई अनुशासित र मिहनेती हुन आग्रह गरिन् । उनले विद्यार्थीहरुलाई दिएको ब्यागले उनीहरुमा शिक्षाप्रति थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिन् ।
विद्यालयका प्रद्यानाध्यापक रोहित प्रसाद सिंहले विद्यार्थीहरुले पाएको ब्यागले विद्यालय प्रति आकर्षण बढनुको साथै विद्यार्थीहरुमा हौसल्ला बढ्ने बताए।
कार्यक्रममा लायन्स क्लब अफ खडक नगरका उपाध्यक्ष शत्रुधन प्रसाद साह अजाद, सचिव ध्रुब कुमार मण्डल, लान्यस क्लब सदस्य एंव नेकपा माओवादी केन्द्र खडक नगरपालिकाका अध्यक्ष जय प्रकाश चौधरीलगायत विद्यालयका शिक्षकहरुको र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ खडकनगर सप्तरीका अध्यक्ष माला कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

You cannot copy content of this page