समाज

टेङरीका अग्निपीडित परिवारलाई ग्रामिण कञ्चन युवा क्लब कञ्चनरुपद्वारा राहत वितरण

कञ्चनरुप, ३० फागुन । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ४ का अग्निपीडित परिवारलाई ग्रामिण कञ्चन युवा क्लब कञ्चनरुप ८ ले राहत वितरण गरेको छ ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सह इन्चार्ज सरिता गिरी यादव र ग्रामिण कञ्चन युवा क्लबका अध्यक्ष संजय पासवानको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो ।
आगलागीबाट सर्वस्व गुमाएका १२ अग्निपीडित परिवारलाई प्रति परिवार सारी दुई पिस, चोलो, खाने तेल एक लिटर, च्यूरा ,मुरी, नुन एक केजी, पानी (मिनिरल) ,ब्ल्याङ्केट, तन्ना, चाउचाउ, कुर्तासुरुवाल, थाल, गिलास लगायतका खाद्यान्न सामग्री पिडितलाई वितरण गरिएको छ ।

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य सरिता गिरी, व्यापारीद्वय दिलिप प्रसाद गुप्ता र प्रताप साहको सहयोगमा अग्निपीडित परिवारलाई राहत वितरण गरिएको क्लबका मन्नु पासवानले जानकारी गराए ।
शनिवार राती भएको आगलागीमा परी १२ परिवारको २७ घरमा आगलागी हुँदा करोडौं क्षति भएको थियो ।
राहत वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अभिषेक गुप्ता, एमालेका नेताकार्यकर्ता, प्रेस चौतारी नेपालका सल्लाहकार उत्तम आचार्य, व्यापारी दिलिप प्रसाद गुप्ता लगायतका व्यक्तिहरुको उपस्थितिमा रहेको थियो ।

पिडित परिवारलाई विभिन्न ब्यक्ति , संघसंस्थाले समेत राहत वितरण गरेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page