समाचार

काँग्रेस अग्निसाईर कृष्णासवरण गापा समितिद्वारा अग्निपिडित परिवारलाई राहत

बृजमान तामाङ /
विरेन्द्र बजार, १ चैत ।
नेपाली काँग्रेस अग्निसाईर कृष्णासवरन गाउँपालिकाले सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित टेङरीका अग्निपिडितहरुलाई मंगलबार राहत वितरण गरेको छ ।
आगलागीबाट सर्वस्व गुमाएका अग्निपिडित ११ परिवारलाई काँग्रेस गाउँपालिका समितिद्वारा राहत प्रदान गरेको हो ।
काँग्रेस गाउँपालिका सभापति रोशन कुमार मण्डरको नेतृत्वमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले प्रतिपरिवार चामाल २५ किलो, दाल, २ किलो, खानेतेल १ लिटर, नुन १ किलो सोविन १ पोका, नुहाउने सावुन १ सर्फ १ का दरले प्रदान गरे ।
आगलागी पिडित परिवारलाई थोरै भएपनी सहयोग पुगोस भन्ने उदेश्यले काँग्रेस गाउँपालिकाको तर्फबाट सानो सहयोग गरेको सभापति चौधरीले बताए ।
राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १( क) का उपसभापति हर्दिस मियाँ, सचिब पन्चदेव चौधरी, गाउँपालिका उपसभापति कल्पना चौधरी, अशोक कुमार चौधरी, कोषाध्यक्ष निशा चौधरी, लगायतका गाउँपालिका स्तरीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
गत शनिबार राती आगलागी हुदा डम्बर यादव,दिनेश यादव, फुलदेव यादव,श्याम यादव, भोला यादव, मनोज कुमार यादव, महेश यादव, बृज नारायण यादव, सत्यनारायण यादव, अर्मेन्द्र यादव र उपेन्द्र यादवको करोडौंको धनमाल जलेर क्षति भएको थियो ।
आगलागी पीडितहरु सोही ठाउँमा पाल टाँगेर कष्टकर जीवन विताईरहेका छ्न । आगलागीबाट घरवारविहीन उनिहरुलाई बास स्थानको समस्या परेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page