समाचार

सभ्य र शान्तिपूर्ण ढंगले होली पर्व मनाउन सप्तरी प्रशासनको आग्रह

कञ्चनरुप (सप्तरी) । जिल्ला प्रशासन कार्यालय सप्तरीले चाडपर्वको नाममा अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई होलि पर्व मनाउन आग्रह गरेको छ ।
मंगलबार सप्तरी प्रशासनले सूचना जारी गर्दै आउँदै गरेको रंगको पर्व होलीको चाडपर्व मनाउने क्रममा कसैको ईच्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्लावासीमा अनुरोध गरेको छ ।
चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने सूचनामा जनाइएको छ ।
प्रशासनले आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा जिल्लाबासीमा शुभकामना समेत व्यक्त गरेको छ ।

   

You cannot copy content of this page