समाचार

स्थानीय तहको चुनावका लागि १ लाख जना म्यादी प्रहरीको माग (विज्ञापन सहित)

काठमाण्डाै । स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि १ लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।
आवेदन चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दिन पाउनेछन् ।
म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्यान्नबापत ७ हजार दुई सय रुपैयाँ र पोसाकबापत ६ हजार रुपैयाँ पाउनेछन् ।
चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक हजार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा गरिदिने सूचनामा उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page