समाचार

सप्तरीको कञ्चनरुप बेरियरमा होलीको अवसरमा मटकाफोड तथा साँस्कृतिक कार्यक्रम

उत्तम आचार्य /
कञ्चनरुप, ४ चैत्र ।
फागु पूर्णीमा (होली) २०७८ को उपलक्ष्यमा शुक्रबार सप्तरीको कञ्चनरुप ८ स्थित बेरियरमा ग्रामिण कञ्चन युवा क्लव कञ्चनपुरले शुभकामना आदान प्रदान गर्नुका साथै मटकाफोड तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलले मैनबत्ती बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रमको उदघाटन गर्दै प्याकुरेलले असत्यमाथि सत्यको जीत प्राप्त भएको दिन आज होली पर्वको महत्त्व बढेर गएको बताउनुभयो । यो पर्वले एकआपसमा सम्बन्धलाई प्रगाढ बनाई यसको महत्त्व बढेर गएको बताउनु भयो ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले आयोजक संस्थाले सकारात्मक सोचका साथ युवाहरुलाई गोलबद्धगरी आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्ने होली पर्वको उपलक्ष्यमा मटका फोड र साँस्कृतिक कार्यक्रमको आयोजना गर्नु निकै राम्रो काम गरेको बताउनु भयो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सह इन्चार्ज सरिता गिरी यादवले होली पर्वले एकआपसमा भाइचाराको नाता कायम गर्न मद्धत गर्ने र अन्यायलाई परास्त गरी विजय हाँसिल गरेको दिन भएकाले पनि होली पर्वको महत्त्व रहेको बताउनु भयो ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले ग्रामिण कञ्चन युवा क्लबले राम्रो काम गरेकोमा प्रशंसा गर्दै क्लबमा लागेका युवाहरुलाई अझ सकारात्मक सोचका साथ रचनात्मक काममा लाग्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले केहि दिनभित्रै युवाहरुका लागि मेयरकप र तृत्य प्रतियोगिता गराउने कुराको समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा कलाकारहरुद्वारा नेपाली, मैथिली, भोजपुरी र हिन्दि गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सह इन्चार्ज राजकुमार लेखी, मधेश प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, नगर कमिटिका सदस्यहरु, समाजसेवी, प्रहरी, सञ्चारकर्मी लगायत व्यक्तित्वहरुले विकृती विसंगती रोक्न यूवाहरुलाई आग्रह गर्दै समाजको विकासमा लाग्नु पर्ने तथा यूवाहरु देशका कर्णधार भएको हुदाँ होली पर्वलाई मेलमिलापको रुपमा लिदै देश विकामा लाग्न आग्रह गर्नु भएको छ ।

सो मटकाफोड कार्यक्रममा कञ्चनरुप ४ का रमेष चौधरीको ग्रुप प्रथम भएका थिए । विजयी हुनेहरुलाई पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको क्लवका अध्यक्ष संजय पासवानले जानकारी दिनुभयो ।
स्वागत मन्तव्य क्लबका कार्यक्रम संयोजक मन्नु पासवानले गर्नुभएको थियो भने क्लबका अध्यक्ष संजय पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page