राजनीति

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौँ । आगामी वैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page