समाचार

आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्षमा अरुण कुमार प्रधान

बृजमान तामाङ /
विरेन्द्र बजार, ६ चैत ।
आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद सप्तरीको अध्यक्षमा अरुण कुमार प्रधान चयन भएका छन ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको चौथो जिल्ला अधिबेशनबाट प्रधानको नेतृत्वमा १५ सदस्य जिल्ला समिति सर्वसम्मत चयन भएको हो।
गठित समितिको उपाध्यक्षमा उपेश कुमार सिंह दनुवार, ईन्द्र नारायण मण्डल, सर्मिला चौधरी, सचिवमा अर्विन्द कुमार चौधरी, सह सचिवमा , रविना तामाङ, उद्वव कुमार भुजेल, रंजना खपाङ्गी मगर र कोषाध्यक्षमा सूर्यमान तामाङ चयन भएका छन् । यसैगरी समितीको सदस्यहरुमा उज्वल चौधरी, दिपेन्द्र कुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपाल प्रसाद चौधरी र देवि जोशी रहेका छन् । अन्य ६ जना मानोनित गरि २१ सदस्य जिल्ला समवन्य समिति बनाईने निर्वाचन समिति सदस्य यम बहादुर खपाङ्गी मगरले जानकारी दिए ।

यस अघि आदिबासी जनजाती महासंघ सप्तरीको अध्यक्ष बृजमान तामाङको अध्यक्षता तथा मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य तथा साँसद चन्द्रकान्त चौधरीको विशिष्ट आतिथ्यमा उद्वघाटन सभा भब्यताको साथ सम्पन्न गरिएको थियो ।

   

You cannot copy content of this page