मधेस प्रदेश समाज

लालगढमा ‘अपन कथा अप्ने बुनैछी’ सम्बन्धि ७ दिने कार्यशाला गोष्ठि सुरु

अर्चना परियार /
धनुषा, ७ चैत ।
धनुषाको लालगढमा ‘अपन कथा अपने बुनैछी’ सम्बन्धि ७ दिने कार्यशाला गोष्ठि सुरु भएको छ ।
सोमबार समता फाउन्डेसनको आयोजनामा १८ महिने ‘जस्ट फ्युचर फेलोशिप’ परियोजना अन्तर्गतको उक्त बिषयको कार्यशाला गोष्ठि सुरु भएको हो । उक्त गोष्ठिमा मधेस प्रदेशमा जातको प्रश्न र माहामारिमा दलित महिलाको नजरियाबाट जातको प्रश्नमा नयाँ कथाको परिकल्पना सम्बन्धि छलफल गरिनेछ ।
सदियौं देखि पिंधमा परिएका दलित महिलाहरु उक्त कार्यशाला पश्चात् समाजमा सबैलाई उज्यालो बाटो देखाउने नेतृत्व गर्न सक्ने हुनेछन भन्ने कुरामामा बिश्वस्त रहेको समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले बताएका छन ।
कार्यशाला गोष्ठिबाट धेरै कुरा सिक्ने र मधेसका दलित महिलाहरुको कथा नयाँ ढंगबाट प्रस्तुत गर्न उत्साहित भएको सहभागी महिलाहरुले बताएका छन् ।
कार्यशाला गोष्ठिमा मधेस प्रदेशका १६ जना दलित महिलाहरुको सहभागीता रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page