समाज

कञ्चनरुपको बरमझियामा युवतीहरूलाई स्वरोजगार बनाउन तीन महिने ब्युटिसियन तालिम संचालन

उत्सव आचार्य /
कञ्चनरुप(सप्तरी), ७ चैत ।
युवतीहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियामा तीन महिने ब्युटिसियन तालिम सुरु गरिको छ ।
तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ५ लाख र कञ्चनरुप नगरपालिकाको १० प्रतिशत आर्थिक सहयोग तथा ग्रामीण कञ्चन युवा क्लबको आयोजनामा युवतीहरूलाई स्वरोजगार बनाउन तीन महिने ब्युटिसियन तालिमको आयोजना गरिएको हो ।
सोमबारबाट सुरु भएको तालिम ३ महिनासम्म सञ्चालन हुने क्लबका कार्यक्रम संयोजक मन्नु पासवानले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) की केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सह इन्चार्ज सरिता गिरी यादवले सिप बाट मात्र समाजको आर्थिक समृद्धि हुने भन्दै सिपलाई ब्यवहारमा लागु गरि प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो ।
त्यस्तै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले यस्ता कार्यक्रमले रोजगारी र माहिलाको आयस्रोत बढ्ने बताउँदै समय अनुकुल शिक्षा र ज्ञान सीप प्राप्त भएमा मात्र समाजको परिवर्तन सम्भव हुने बताउनु भयो ।

स्थानिय २० जना युवतीहरु सहभागि रहेको तालिममा स्वागत मन्तव्य क्लबका अध्यक्ष संजय पासवानले गर्नुभएको थियो भने वडा नम्बर २ का वडा सदस्य बैधनाथ प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page