बिरेन्द्र बजार,७ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित चारकोठे भवन उद्वघाटन गरिएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले एक समारोहका विच सोमबार विद्यालय भवन उद्वघाटन गरेका हुन ।
आफ्नो संसदीय विकास कोषबाट ७० लाखको लागतमा निर्मित विधालय भवन उद्वघाटन गर्दै साँसद यादवले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्रको विकासमा जोड दिए । शिक्षा नै समृद्ध राष्ट्रको आधार हो, साँसद डा. यादवले भने, शैक्षिक क्षेत्रको विकास विना नयाँ राष्ट्र निर्माणको कल्पना समेत गर्न सकिँदैन । आफुले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको बताउदै साँसद यादवले विधालयको थप पुर्वाधार निर्माणको कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एमाले सरकारले संसदीय विकास कोषको बजेट नै खतम पारे, साँसद डा. यादवले भने, अहिले खाली हात छौ यद्यपि विधालयको विकासका लागि प्रयत्नशील रहनेछु । डा. यादवले सामाजिक रुपान्तरण र समृद्धिका लागि शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।
सप्तकोशी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्र नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी सप्तकोशी नगरसंयोजक राम कुमार यादव, सप्तकोशी नगरपालिका शिक्षा शाखा संयोजक रमेश खड्का, विधालयका प्रधानाध्यापक बाबुराजा थापा, वडा सदस्य सिंहेश्वर मेहता, राम प्रसाद यादव, दिप नारायण साह, विनोद कुमार चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
शिक्षक देवकी देवि चौधरीद्वारा कार्यक्रममा स्वागत शिक्षक रित नारायण यादवले गरे ।
Add Comment