कोशी प्रदेश समाज

लेटाङमा भएको घटनामा मृत्यु भएकी प्रहरी जवान प्रति श्रद्धाञ्जली अर्पण

बिराटनगर, ७ चैत्र । मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकी प्रहरी जवान प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बिराटनगर ७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ ५ स्थित शिक्षा विकाश माध्यमिक विद्यालयमा भएको घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनु भई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।
साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page