बृजमान तामाङ /
बिरेन्द्र बजार,७ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका २ स्थित सिद्धपुरमा सोमबार जनता समाजवादी पार्टीको नगर कार्यालय स्थापना गरिएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले एक कार्यक्रमको विच कार्यालय उद्वघाटन गरेका हुन ।
जनता समाजवादी पार्टी सप्तकोशी नगरपालिकाका अध्यक्ष राम कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी साँसद डा. यादवले रिवन काटेर कार्यालय उद्वघाटन गरे । कार्यालय उद्वघाटन गर्दै साँसद डा. यादवले पार्टीको गतिविधि संचालनमा सहज हुने विश्वास व्यक्त गरे । उनले पार्टी कार्यालय संचालनमा आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा जसपा मधेश प्रदेश सदस्य उमेश यादव, जिल्ला कोषाध्यक्ष बृजमान तामाङ, जिल्ला सदस्य सुमेश्वर यादव, पूर्व जिल्ला सदस्य दिप नारायण साह, समाजवादी महिला संघ सप्तकोशी नगरपालिकाकि संयोजक सुनिता यादव, नगर उपाध्यक्ष महन्थ यादव लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।
जनता समाजवादी पार्टी सप्तकोशी नगर सचिब मो. ऎजाज सिद्विकीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश लाल कर्णले गरे ।
Add Comment